स्थापना दिबसका अवसरमा लियो क्लव वालिङद्धारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

राधाकृष्ण डुम्रे/वालिङ :
लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तराष्ट्रिय लियो दिवसका अवसरमा आज बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० को अवसर र चुनौती बिषयमा भएको प्रतियोगितामा वालिङका बिभिन्न ९ बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्दघाटन गर्दै वालिङ ८ का वडा अध्यक्ष कमल प्रसाद सुवेदीले युवाहरुको सक्रियतामा भईरहेको सामाजिक कार्य निक्कै सह्रानिय भएको बताउनु भयो । उहाँले लियोमा आबद्ध युवा पुस्ताको उत्कृष्ट मानबिय कार्यले सबैलाई प्रेरणा मिल्ने बताउनु भयो । अध्यक्ष सुवेदीले भन्नुभयो, वडा कार्यालय यस्ता सामाजिक तथा प्रभावकारी कार्यक्रमका लागि आवश्यक सहयोग गर्नेछ ।
कार्यक्रममा लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई, पूर्ब अध्यक्ष सीताराम अधिकारी, लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेस चियरपर्सन चेतनारायण श्रेष्ठ, लायन्स क्लव वालिङबम सचिब दिपक लम्साल लगायतले लियो क्लवले स्थापनाको छोटो अवधीमा नै राम्रो काम गरेको भन्दै प्रशंंसा गरेका थिए ।

कार्यक्रमको बारेमा जानकारी गराउदै लियो क्लव वालिङका प्रथम उपाध्यक्ष दिक्षान्त प्रताप खाँणले सबैको प्रेरणा र सहयोगले बिभिन्न सामाजिक तथा क्षमता अभिबृद्धि गराउने कार्यमा लाग्न प्रेरणा मिलेको बताउनु भयो ।
बक्तृत्वकला प्रतियोगितामा पिसजोन ईन्टिगग्रेटेड एजुकेसन एकाडेमीकी सन्तोषी क्षेष्ठ प्रथम हुनु भएको छ त्यस्तै पूर्णामृत भवानी माकिका सौरभ लम्साल द्धितिय, पाईनिअज हायर एजुकेशन एकाडेमीकी आकृति भट्टराई तृतिय भएकाछन् त्यस्तै नेपाल आदर्श माबिकी आकृति डुम्रे र पूर्णामृत भवानीकी अनुशा केसी सान्त्वना हुनु भएको क्लवले जनाएको छ ।


प्रतियोगितामा प्रथम,द्धितिय, तृतिय र सान्त्वनाका लागि क्रमशः रु २५ सय, १५ सय, १ हजार र ५ ५ सय नगद पुरस्कारका साथ, डायरी,कपी तथा प्रमाणपत्र प्रदान गरिएको क्लवका प्रथम उपाध्यक्ष दिक्षान्त प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले सहभागि १७ जना बिद्यार्थीलाई नै प्रमाणपत्र र कपी प्रदान गरिएको जानकारी दिनुभयो ।
नेपाल आदर्श माबिको सभाहलमा भएको बक्तृत्वकला प्रतियोगितामा दिनकर नेपाल र डण्डपानी पंगेनीले निर्णायकको भुमिका निभाउनु भएको थियो ।
क्लवका अध्यक्ष बिदुषा बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मणि सुवेदीले र सञ्चालन सहसचिब हरि रेग्मीले गर्नु भएको थियो ।
लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तराष्ट्रिय लियो दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरेको हो । पहिलो दिन वालिङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको थियो भने दोस्रो दिन हिमसिखर माविमा शैक्षिक सामाग्री बितरण गरेको थियो त्यस्तै उपल्लो पेखु बिद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड बितरण गरेको थियो ।

Facebook Comments Box
TOP