एक सहकारी एक उत्पादनलाई जोड दिऔं सरकार सहयोग गर्छ : प्रदेश सांसद रेग्मी

राधाकृष्ण डुम्रे/स्याङ्जा :
गण्डकी प्रदेश बिधायन समितिका समापति मोहन रेग्मीले एक सहकारी एक उत्पादनलाई जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“सहकारीहरु बिषयगत र उत्पादनमुखी हुनु पर्यो प्रदेश सरकारले सहयोग गर्छ ।”
वालिङ १३ को हिमाल बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारणसभाका उद्घाटन गर्दै सभापति रेग्मीले सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लाग्न अनिवार्य रहेको भनाई राख्नुभयो । उहाँले भन्नुभयो, कृषि र उद्यमशीलताको क्षेत्रमा सहकारीहरुको बिशेष ध्यान जाओस सरकारले त्यस्मा सहयोग गर्ने नीति नै बनाएको छ ।
सहकारी सहकार्यको माध्यमबाट अगाडि बढ्नु पर्ने भन्दै सांसद रेग्मीले उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने कार्यमा लाग्न सुझाव समेत दिनुभयो ।
स्थानियतह, प्रदेश र संघीय सरकार बीच सहकार्यका आधारमा अगाडि बढिरहेको सांसद रेग्मीको भनाई छ । उहाँले प्रदेश सरकार खानेपानी र उज्यालो प्रदेशको अभियानमा सफल हुदै गईरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा वालिङ १३ का अध्यक्ष आनन्द पाठकले सहकारीहरुले जनताको मर्म र भावना अनुशार काम गरी आर्थिक बृद्धिमा सहायक बन्नु पर्ने धारणा राख्नुभयो । अध्यक्ष पाठकले नगरपालिकाले पनि बिषयगत र उत्पादनमुखी सहकारीहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति चण्डी प्रसाद पाठक, लक्ष्मी माविका प्रधानाध्यापक गोपाल गैह्रे, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, मिलन बचतका अध्यक्ष नेम बहादुर गुरुङ, अकला कृषि सहकारीको अध्यक्ष राम प्रसाद डुम्रे,भुपु सैनिक माविका प्रिन्सीपल रत्न बहादुर गुरुङ लगायतले सहकारी नाममा मात्रै समिति नरही वास्तविक सहकार्य र उत्पादनमा जोडिन आवश्यक रहेको भनाई राखेका थिए ।


हिमाल बचत सहकारीका अध्यक्ष कृष्ण प्रसाद डुम्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा स्वागत लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पारिश्वर न्यौपाने तथा धन्यवाद संस्थाका निवर्तमान् अध्यक्ष बिष्णु प्रसाद गैह्रेले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब प्रेम प्रसाद पराजुलीले गर्नु भएको थियो ।
५ सय ४१ जना शेयर सदस्य रहेको सहकारीमा ५९ लाख ५ हजार ९ सय शेयरपूजीँ रहेको छ । त्यस्तै सहकारीले ४ करोड ५० लाख निक्षेप संकलन गरेको छ भने ५ करोड ६८ लाख लगानी गरेको संस्थाका प्रवन्धक बुद्धीसागर गैह्रेले जानकारी दिनुभयो ।
साधारणसभाका अवसरमा सहकारीको क्षेत्रमा समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै आँधीखोला खबर डटकम र लक्ष्मी टेलिभिजनलाई सम्मान समेत गरिएको थियो ।

सहकारीले बिगत २ बर्ष देखि एम्वुलेन्स सेवा सञ्चालन गर्दै आएको सचिब प्रेम पराजुलीले जानकारी दिनुभयो । उहाँले सामाजिक तथा जनचेतनामुलका क्रियाकलापलाई सहकारीले प्राथमिकतामा राखेको बताउनु भयो ।

Facebook Comments Box
TOP