भीरकोटका सवै सामुदायीक विद्यालयका वालवालिकाहरुलाई दिवा खाजा


एशिव शरण महत/भीरकोट :
भीरकोट नगरपालिकालाई आगामी चैत्र मसान्त भित्र वालमैत्री नगर घोषणा गर्नको लागि तयारी तिब्र पारिइको छ । नगरपालिकाले आवश्यक सुचकहरु पुरा गर्नको लागि नगरपालिका भित्र रहेका वडा,टोल र विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु संचालन समेत गरीरहेको छ ।
यसैबीच, नगरपालिकाले सामुदायीक विद्यालयको सहकार्यमा मंसिर १ गते देखी वालवालिकाको स्वास्थ्य लाई ख्याल राखी ४२ वाल विकास कक्षाका ५ सय ५४ विद्यार्थीाई दिवा खाजाको व्यवस्था गरीएको भीरकोट शिक्षा शाखाका प्रमुख हेम प्रसाद आर्चाले जानकारी दिनुभयो ।
नगर भित्रका सवै वाल विकास केन्द्रहरुले दिवा खाजाको व्यवस्था गर्दा वालवालिकाहरुको विद्यालयमा नियमित उपस्थिती रहने तथा स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने नगरपालिकाको भनाई छ ।

Facebook Comments Box
TOP