छैठौं स्याङ्जा महोत्सव : झण्डै ९ करोडको आर्थिक कारोबार गर्ने अनुमान(भिडियो सहित)


प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा छैठौं स्याङ्जा महोत्सव हुने भएको छ । जिल्ला सदरमुकामस्थित श्रवणकुमार खेलमैदानमा पुष ४ देखि १६ गतेसम्म १३ दिनसम्म संचालन हुने गरी छैठौं स्याङ्जा महोत्सव हुने भएको हो ।

संघले प्रत्येक दुई/दुई वर्षमा प्रदेशस्तरीय महोत्सव गर्दै आएको छ । “स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्षको अध्यक्षतामा १ हजार १ सय १ सदस्सीय मुल आयोजक समिति गठन गरिएको छ ।

छैठौं स्याङ्जा महोत्सवमा झण्डै ९ करोडको आर्थिक कारोबार गर्ने अनुमान गरिएको पत्रकार सम्मेलन गरेर संघले जनाएको छ । महोत्सवमा ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटक भित्रा¥याउने लक्ष्य लिईएको छ । महोत्सवबाट हुने आम्दानीबाट सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ ।

कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी गरिने संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुर्वण’ ले बताउनु भयो । उहाँका अनुसार महोत्सवले जिल्लाको कृषि र पर्यटन क्षेत्रको सम्भाबनालाई उजागर गर्ने छ ।

झण्डै २ सय स्टल रहने महोत्सव स्थलमा पुस्तक, सूचना प्रविधीका सामाग्री, अटोमोबाईल, फोटो प्रदर्शनी गरिने छ । महोत्सवलाई व्यस्थित बनाउनका लागि करिब ४३ वटा उपसमिति गठन गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ “सुवर्ण’ को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतका पत्रकारले बोलेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भिमकुमार श्रेष्ठले गर्नु भएको थियो भने स्वागत प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ र धन्यवाद ज्ञापन द्धितीय उपाध्यक्ष महादेव श्रेष्ठले गर्नु भएको थियो ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् :

Facebook Comments Box
TOP