साक्षरता कार्यक्रमको स्थलगत अध्ययन, अवलोकन ।


भवानी अधिकारी/स्याङजा :
रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राबिधिक सहयोग र सूर्योदय क्लवको समन्वयमा संचालित साक्षरता कार्यक्रम अन्र्तगत कालीगण्डकी गाउँपालिका ६ स्थित धु्रवज्योती माध्यमिक बिद्यालयकोे अध्ययन, अवलोकन तथा समिक्षा गरिएको छ ।
बिद्यालयको कक्षा १ मा अध्ययरत बालबालिकाको पढाई स्तर, पढ्ने तरिका, बुझाई, लेखाई, उनीहरुले गर्ने पुस्तकालयको प्रयोग र उनीहरुलाइ पढाउने सरल वातावरण लगायतका बारेमा अनुगमन तथा निरीक्षण गरिएको हो ।
रुम टु रिड र पढ्नका लागि कक्षा कार्यक्रमले कक्षा १ र २ मा अध्ययरत सबै बालबालिकाको पढाई, सिकाईका बारेमा सहयोग गर्दे आएको छ । उनीहरुका लागि आवश्यक पर्ने किताव, कपी, कलम लगायत बिद्यालयमा आवश्यक पर्ने कुर्चि, टेवल, कार्पेट, पुस्तकालय समेत उपलब्ध गराउदै आएको छ ।


परम्परागत शैलीलाई बदल्दै स सानानानी बाबुसंगै मिलेर पढ्न, लेखाउन र पुस्तकालयमा गएर पढ्ने वानीको विकास गराउने वातावरण मिलाईदिने प्रमुख कार्य रहेको पढ्नका लागि कक्षा कोडा कार्यक्रम संयोजक राजन सापकोटाले जानकारी दिए ।
अध्ययन अवलोकनमा शिक्षा विकास समन्वय इकाई प्रमुख गुरुप्रसाद पौडेल, जिल्ला समन्वय समितिका अधिकृत कार्यक्रम तथा योजना अधिकृत गोपिकृष्ण अर्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उज्जल बस्नेत, पुतलीबजार नगर शिक्षा शाखा प्रमुख दयाराम गौतम, सूर्योदय क्लवका अध्यक्ष अध्यक्ष अनन्तकुमार श्रेष्ठ, गैरसरकारी महासंघका उपाध्यक्ष गोबिन्दप्रसाद शर्मा लगायतको समूहले अध्ययन अवलोकन तथा निरीक्षण गरेको हो ।

यसैगरी, कक्षा १ का शिक्षक रश्मीराज भट्टराईले पढाउदै गरेको कक्षा समेत अवलोकन गरिएको छ । ९० मिनेटको एक कक्षा समयाबधीमा उहाले बिद्यालयलाई पढाउने, सिकाउने, लेखाउने तरिकाका बारेमा अवलोकन सहित आयोजक समूहले अवलोकन तथा सुझाव दिएका थिए ।
बिद्यालयमा आयोजित समिक्षा कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले साक्षरता कार्यक्रम संचालनपछि बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि भएको बताउनुभयो । यसअघि सामान्य शब्द पढ्न पनि कठिन मान्ने बिद्यार्थील्ेो साक्षरता कार्यक्रम संचालनपछि सहजरुपमा बालबालिकाले पढ्न सकेको बताउनुभयो । कार्यक्रम संचालकले शिक्षकलालाई दिइएको तालिम अनुरुप पढाउदा शैक्षिक गुणस्तरमा बृद्धि भएको जनाउनुभयो ।
रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राबिधिक सहयोग र सूर्योदय क्लवको समन्वयमा स्याङजाका १० वटा स्थानीय तहका ५५ वटा बिद्यालयमा साक्षरता कार्यक्रम संचालनमा छन । सन् २०१८ मा ३५ वटा बिद्यालयदेखि सुरु गरेका साक्षरता कार्यक्रम यसबर्ष २० बिद्यालयमा थप गरिएको छ । कार्यक्रमको अवधि ४ बर्षका लागि हो ।

Facebook Comments Box
TOP