कास्कीको उपचुनाब : फिर्केखोला बन्धक राखेर नेकपाले माग्यो भोट
पोखरा महानगरपालिका कार्यालयले फिर्के खोला बन्धक राखेर स्थानीय फिर्के प्रभावित नागरिकहरूसँग गोप्य सहमति गरेको पत्र फेला परेको छ ।
खोलाको बीचभागबाट दायाँवाँया ५/५ मिटर कायम गरिएको फिर्के खोलाको मापदण्ड अहिले उप निर्वाचनको वेला महानगरले घटाएर एक मिटरमा झारेको सहमति पत्र फेला परेको हो ।
सहमति पत्रमा महानगरका मेयर मानवहादुर जिसीको प्रतिनिधिको रुपमा बरिष्ट कानूनी अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । त्यसैगरी मध्यस्थकर्ताको रुपमा अधिवक्ता हिमलाल पराजुली, स्थानीय दाजुभाइद्वय कृष्ण पराजुली (ढाकामोहन), राजेश पराजुली र शंकरनाथ कोईरालाले मध्यस्थकर्ताको रुपमा हस्ताक्षर गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रतिनिधि दामोदर बैरागी, फिर्के संरक्षण तथा मापदण्ड सरोकार तदर्थ समितिका अध्यक्ष नारायण विक्रम शाही, सचिव कृष्णप्रसाद जैसी, कास्की क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुनीलबहादुर कोइरालाले हस्ताक्षर गरेका छन् ।
देशमा निर्वाचन आचार संहिता लागू भएको अवस्थामा महानगरपालिकाले नेकपालाई निर्वाचनमा सघाउने आश्वासन बाँड्दै फिर्के खोलाको मापदण्ड घटाएको महानगर स्रोतको भनाइ छ । यो निर्वाचनमा मापदण्ड घटाएको भनेर फिर्के वासिन्दासँग पैसा समेत असुल गरेको स्रोतको दावी छ ।

यता यसवारे जानकारी लिन खोज्दा महानगरका मेयर मानबहादुर जिसीले फोन उठाएनन् । मेयर जिसीको प्रतिनिधिको रुपमा हस्ताक्षर गरेका वरिष्ठ कानूनी अधिकृत नारायणप्रसाद शर्माले साँझको बेला सही गरियो, गलत भयो भन्दै माफी मागेका छन् ।
स्वयं कानूनको पाठ सिकाउनेले नै गरेको यो हर्कतले अहिले पोखरेली नागरिकलाई झसंग बनाएको छ । महानगरको वरिष्ठ कानूनी अधिकृत जस्तो व्यक्तिले यसरी जथाभावि हस्ताक्षर गरेर जनतालाई झूठो आश्वासन बाँड्न मतियार बनेको भन्दै महानगरका कर्मचारी र सामाजिक संञ्जालमा समेत चर्को विरोध भएको छ ।
निर्वाचनमा सघाउनको लागि भन्दै स्थानीय नागरिकमा झूठो आश्वासन बाँड्दै जथाभावी सम्झौता गरेको प्रभावित वासिन्दाहरुले बताएका छन् । ‘चुनावको मुखमा जस्तो पनि सम्भौता गर्छन्, चुनाव सकिएपछि फेरि सबै कुरा हराउँछन्’, उनीहरूले भनेका छन् । सो सहमति नेकपालाई भोट दिने शर्तमा गराइएको झूटो आश्वासनको पुलिन्दा भएको फिर्के प्रभावित नागरिकको गुनासो छ । आदर्शसमाज दैनिकबाट
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


