कालिका र जनसेवी बिच मर्जरको अन्तिम सम्झौता, मर्जर पछिको नाम कालिका नै रहने ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिनका लागि दुबै पक्ष बीच अन्तिम सम्झौता भएको छ ।
मर्जर पश्चात संस्थाको नामका कालिका लघुवित्त वित्तीय संस्था नै राख्नेमा दुबै पक्ष सहमत भई सम्झौताको बिबरण राष्ट्र बैंकमा बुझाइएको बताईएको छ ।
मर्जर पश्चात नयाँ बन्ने संचालक समितिको अध्यक्षमा साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचनले गर्ने तथा संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कालिका लघुवित्तका प्रमुख कार्यकारी मिनबहादुर बोहरा रहने सम्झौतापत्रमा छ ।
प्रथम पक्षको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी रु.५०,००,००,००० जारी पूँजी रु.१०,८०,००,००० तथा चुक्तापूँजी रु. १०,८०,००,००० रहको, यसै गरी दोस्रो पक्षको अधिकृत पूँजी रु.३०,००,००,००० जारी पूँजी रु.१४,४३,३०,००० तथा चुक्तापूँजी रु. १४,४३,३०,००० रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी रु.५०,००,००,००० जारी पूँजी रु.२५,२३,३०,००० तथा चुक्तापूँजी रु.२५,२३,३०,००० हुनेछ । जस मध्ये संस्थापक समूहको रु.१६,२८,००,००० (६४.५२%) तथा सर्वसाधारण समूहको रु.८,९५,३०,००० (३५.४८%) हुने खाँणले जनाकारी दिनुभयो ।
विकास गौचन सहित मर्जर पश्चातको सञ्चालक समितिमा कृष्णबहादुर खाँण, मेघनाथ सुवेदी,सन्तोष श्रेष्ठ, शान्ताकुमारी उप्रेती,विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने बताईएको छ ।
मर्जर पश्चात पोखरा महानगरपालिका वडा नं. १० मा रजिष्टर्ड कार्यालय रहने गरि दुवैसंस्थाको एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी कार्य आगामी २०७६ साल पौष मसान्त भित्र सम्पन्न गर्ने सहमति भएको जनाइएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


