नागरिकको स्वास्थ्य प्रति सरकार गम्भिर छ : मन्त्री अर्याल ।

राधाकृष्ण डुम्रे/वालिङ :
नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नागरिकको स्वास्थ्य प्रति सरकार सचेत रहेको बताउनु भएको छ । वालिङ हस्पिटल तथा अन्नपूर्ण हस्पिटल पोखराको संयुक्त आयोजनामा वालिङमा गरेको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अर्यालले निशुल्क आधारभुत स्वास्थ्य सेवा प्रभावकारी बनाउने तर्फ सरकारको विशेष ध्यान रहेको जानकारी दिनुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, “म स्वास्थ्य मन्त्रालयमा रहदा नै स्याङ्जामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेकी हुँ, जसको कारण न्युनतम शुल्कमा जनताले सेवा लिने बातावरण बनेको छ । ”
स्वस्थता बिना नयाँ नेपाल निमार्णमा राम्रो सोच आउन नसक्ने भन्दै मन्त्री अर्यालले खानपान,व्यायम जस्ता जीवनशैली अपनाउन जरुरी रहेको धारणा राख्नुभयो । वालिङमा राम्रो अस्पतालको अभाव भईरहेको अवस्थामा सञ्चालनमा आएको वालिङ हस्पिटलमा स्वास्थ्य बिमा गरेका बिरामीहरुको स्वास्थ्य परिक्षण गर्न मिल्ने गरी तयारी अगाडि बढ्नु राम्रो पक्ष रहेको मन्त्री अर्याललको भनाई छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ तथा आसपासका जनताको स्वास्थ्य उपचारमा अस्पतालले राम्रो भुमिका खेलेको बताउनु भयो । अस्पतालका कमी कमजोरीलाई सुधार गरी सेवा प्रवाह चुस्त बनाउन खाँणले सुझाव समेत दिनुभयो । वालिङ हस्पिटलका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सञ्चालक हेम प्रसाद गैह्रेले र सञ्चालन सचिव खगेन्द्र प्रसाद अर्यालले गर्नु भएके थियो ।
शिविरमा बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी, जनरल फिजिसियन, भिडियो एक्सरे, ल्याव आदि सेवा निशुल्क उपलव्ध रहेको हस्पिटलले जनाएको छ । शिविरमा निशुल्क औषधी समेत वितरण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…