वालिङमा आँखाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिबिर हुदै ।
आँधीखोला खबर/वालिङ :
वालिङमा यही मंसिर ९ र १० गते आँखाको मोतिया बिन्दुको शल्यक्रिया शिबिर हुने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापनमा शिबिर हुन लागको हो । शिबिरमा निशुल्क रुपमा मोतियाबिन्दुको अपरेसन गरिने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विश्वकर्माले जानकारी दिनुभयो । उहाँले पर्सी सोमबार र मंगलबार हुने शिबिरमा आँखाका बिभिन्न समस्याको बारेमा जानकारी समेत गराईने जानकारी दिनुभयो । प्रमुख डाक्टर विश्वकर्माले वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक रुपमा आँखाको निशुल्क परिक्षण भईरहेको समेत बताउनु भयो ।
जिल्ला आँखा उपचार केन्द्र वालिङका नेत्र सहायक तेज गुरुङले आँखाको सुरक्षाका लागि समय—समयमा आँखाको परिक्षण गर्न आग्रह गर्नुभयो । गुरुङले भन्नुभयो, “आँखा निक्कै संबेदनशिल र महत्वपूर्ण अंग हो त्यसैले सबै सचेत भईरहन जरुरी छ ।”
वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक हुने आँखाको परिक्षणबाट पहिचान भएका मोतियाबिन्दुको बिरामीहरुलाई लक्षित गरि निशुल्क आँखा शिबिर राखिएको केन्द्रले जनाएको छ ।

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


