विश्व अण्डा दिवसमा बिरामीलाई अण्डा प्रदान ।
भवानी अधिकारी/स्याङ्जा :
विश्व अण्डा दिवसको अवसर पारेर खुमा अर्याल फाउण्डेशनले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत विरामीलाई अण्डा बितरण गरेको छ ।

खिलुङ्कालिका एग्रो फार्म र फाउण्डेशनको संयुक्त आयोजनामा अस्पतालमा भर्ना भएका १० जना विरामीलाई जनही एक/एक क्यारेट अण्डा प्रदान गरिएको हो । साथै, ओपीडीका बिरामीलाई पनि जनही २/२ वटाका दरले अण्डा उपलब्ध गराएको छ ।
अस्पतालका प्रमुख डा. सुशिल मरासिनी, डा. नारायण गोदार, खिलुङ कालिका एग्रो फार्मका प्रमुख कार्यकारी अधिकृत डोलराज ढकाल र फाउण्डेशनका सचिव धु्रव शर्माले विरामी र उपचारमा आउने बिरामीलाई संयुक्तरुपमा अण्डा हस्तान्तरण गर्नुभएको हो ।

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


