कात्तिक २ र ३ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ।
सरकारले जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र कार्यक्रम रहेको छ । संघीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन्
स्वास्थ्य सेवा विभागले जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको जनाएको छ ।
भिटामिन ए को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ । यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उनले जानकारी दिए ।
शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ‘ए’ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटा समेत वितरण गर्दै आएको छ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


