तत्कािलन एमालेबाट निर्बाचित वडाध्यक्षले पनि गरे एनआरएनए निर्वाचनमा मतदान ।

आँधीखोला खबर/पोखरा : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिबेशन अहिले काठमाडौँमा चलिरहेको छ। अधिबेशनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन पनि भइरहेको छ। निर्वाचनमा कुमार आचार्य र कुल आचार्यले आफ्नो टिम बनाएर निर्वाचनमा होमिएका छन्।

यही निर्वाचनमा वडाअध्यक्षले पनि मतदान गरेका छन्। पर्वत पैयूँ गाउँपालिका ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले मतदान गरेका हुन। उनले जापानबाट एनआरएनको प्रतिनिधि बनेर मतदान गरेका हुन्। उनी तत्कालीन नेकपा एमालेबाट उमेद्वार बनेर वडा अध्यक्ष निर्वाचित भएका हुन्। उनी वडाको कामलाई थाती राखेर अधिकांश समय जापानमा परिवार भेट्न जाने गरेका थिए। जापानबाट नेपाल आएका बेला गाउँ कार्यपालिकाको बैठकमा सहभागी हुन पुगेका वडा अध्यक्ष श्रेष्ठलाई गाउँपालिकाले स्पष्टिकरण समेत सोधिसकेको छ। थाहाखबर बाट
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…