शैक्षिक गुणस्तर अभिबृद्धि गर्न भन्दै स्याङ्जाका शिक्षिकाहरुलाई एड्भान्स तालिम ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
शिक्षाको गुणस्तर अभिबृद्धि गर्न भन्दै स्याङ्जाका शिक्षिकाहरुलाई एड्भान्स तालिम दिइएको छ । नेपाल शिक्षक संघ स्याङ्जाको महिला विभागले जिल्लामा कार्यरत शिक्षिकाहरुलाई नेपालीहरुको चाडपर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो तालिम प्रदान गरिएको हो । शैक्षिक क्षेत्रलाई सुधार गर्न सकेमात्र समाज सुधार हुने अपेक्षा राखेर शुभकामना आदान प्रदान सहित यो तालिम आयोजना गरेको महिला विभागले जनाएको छ । एक दिने कार्यक्रममा सहभागी भएका शिक्षिकाहरुले शैक्षिक व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, समय व्यवस्थापन सँगै आधुनिक शैक्षिक प्रणाली र नेतृत्व विकासको बारेमा तालिम लिन पाउदा शैक्षिक प्रगतीमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले शैक्षिक पेशा समाजकै ऐना भएको बताउदै शिक्षक शिक्षिकाहरुलाई सम्मानित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षक शिक्षिकाहरुले आत्मबल बढाउनु आवश्यक छ खाँणले भन्नुभयो,“शैक्षिक गुणस्तर बढाउन सकेमात्रै समाज रुपान्तरणमा टेवा पुग्छ ।” यसका लागि तीन तहकै सरकारले कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक छ उहाँले भन्नुभयोे ।

समाजका लागि महत्वपूर्ण भुमिका खेल्ने शैक्षिक पेशाकर्मीले शैक्षिक गुणस्तरमा जिम्मेवारी लिएर अगाडी बढ्न खाँणले सहभागीहरुलाई आग्रह गर्नुभयो । पाठ्पुस्तक पनि स्थानीयतह भित्रै रहेका विद्यालयमा फरक—फरक हुनुले पनि शैक्षिक गुणस्तरमा कमजोर बनाएको अनुमान स्थानीय सरकारको छ खाँणले भन्नुभयो, “पाठ्यापुस्तकमा एकरुपता बनाएर शैक्षिक गतिविधि अगाडि बढाउनु आवश्यक छ ।” हरेक स्थानीयतहले यसको अभियान अब आगामी शैक्षिक सत्रबाट शुरु गनुपर्छ उहाँले भन्नुभयो ।
शैक्षिक गुणस्तर कमजोर हुदा राज्यका संयन्त्र पनि कमजोर हुने रहेका वालिङ नगर उपप्रमुख कल्पना तिवारीले भन्नुभयो, “शिक्षा कमजोर हुदा मुलुकमा भष्ट्रचार, हत्या, हिंसा, बलात्कार जस्ता घट्नाले प्रश्रय पाएको छ ।” यस्ता तालिमले हरेक शिक्षक शिक्षिकलाई शिक्षण सिकाई क्रियाकलापमा पुनर्ताजगी बनाउने छ उहाँले भन्नुभयो । सरकारले पनि शैक्षिक क्षेत्रलाई सुधार गर्ने कार्ययोजना तयार गर्नु आजको आवश्यक रहेको तिवारीको भनाई छ ।
कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मी रेग्मी, देवी अर्याल, गायत्री आचार्य, शंकर ज्ञावाली, डण्डपानी पंगेनी, डीलमाया शर्मा, सुनिता काफ्ले, गीता अर्याल लगायतका शिक्षक शिक्षिकाहरुले यस्ता तालिमहरु बेलाबेलामा राखेर शैक्षिक पेशाकर्मीलाई ताजगी बनाउनु आवश्यक रहेको बताएका थिए । तालिम किशोरदत्त बराल र केशव अम्गाईले सहजीकरण गरेका थिए । महिला विभाग प्रमुख सीता गौडेल गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सीता सिग्देल अर्याल र संचालन इन्दिर केसीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…