हरिनास : तेस्रो क्याक्मी महोत्सब २०७६ सम्पन्न ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
हरिनास गाँउपालिका वडा नम्वर ६ दग्दीमा सञ्चालित तेस्रो क्याक्मी महोत्सब २०७६ सम्पन्न भएको छ । महोत्सबको समापन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले संस्कृतिको संरक्षणमा सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले प्रदेश सरकार संस्कृति र रीतिरिवाजको संरक्षणमा लागि परेको जानकारी दिनुभयो ।

स्थानीय बहुमुखी क्लबको आयोजनामा भएको महोत्सबको समापन कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिपक चर्तिमगर, हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धर,प्रेम हमाल,रेशम गोतामे लगायतले बोलेका थिए ।
५ दिन सम्म चलेको महोत्सबको मुख्य आकर्षण रहेको भलिवल प्रतियोगिताको उपाधी हरिनास ६ को भुरुङ्सिङ क्लवले हात पारेको छ । उसले नगद ५० हजार सहित अन्य पुरस्कार पाएको हो । त्यस्तै युनाईटेड क्लव भिमाद दोस्रो र पुर्काेट क्लव क्याक्मी तेस्रो भएकाछन् उनीहरुले क्रमश ३० हजार र २० हजार नगद प्राप्त गरेका शुब्बा राना मगरले जानकारी दिनुभयो ।

महोत्सवको गत बुधवार संघीय सांसद नारायण प्रसाद मरासिनीले उद्घाटन गर्नु भएको हो । महोत्सवको समापन कार्यक्रम क्लवका अध्यक्ष ईन्द्र कुमार रुचालको सभापतित्व र अर्जुन थापामगरको सञ्चालनमा भएको थियो ।
महोत्सवमा भिक्टोरिया डान्स दमौलीको बिशेष प्रस्तुति रहेको थियो । त्यस्तै कलाकारहरु भुमिका गिरि,शिव हमाल, प्रीती आले,लोकनाथ सापकोटा,राजु गुरुङ,कुलेन्द्र बिस्वकर्मा, भट्भटे माईलो,सम्झना लामिछाने मगर, स्मृति थापामगर लगायतको प्रस्तुती रहेको थियो ।

समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…