गाई मारेको अभियोगमा पाल्पामा एक पक्राउ

सीता डोटल/पाल्पा : गाई मारेको अभियोगमा पाल्पा निस्दी १ बाकामलाङ राइकाभञ्ज्याङ्का एक व्यक्ति पक्राउ परेका छन् ।

शनिवार गाई मारेको आरोपमा ३९ बर्षका भक्त बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा राम प्रसाद खत्रीको ९ बर्षको गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा उनलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउपछि थप अनुसन्धानका भइरहेकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP