गण्डकी प्रदेशमा खानेपानीको समस्या उस्तै
प्रतीक्षा काफ्ल/ गण्डकी : गण्डकी प्रदेशका सबै जिल्लामा पानीको समस्या बढ्दो छ । स्याङजा वालिङको मन्स्याङ्कोट, बायाखोलालगायतका वस्तीमा खानेपानीको हाहाकार छ ।
गण्डकी प्रदेश सरकारले जनताका आधारभूत समस्याको समाधान गर्ने लक्ष्य लिए पनि पानीको समस्या भने उस्तै छ । स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्सेकोट गाउँ खानेपानीविहिन छ । स्थानीय जानकी भट्टराई भन्छिन्, ‘गाउँमा खानेपानीको योजना ल्याउने कहानी मात्र बन्यो ।
आधा घण्टाको दुरीमा पैदल हिंडेर पानी बोक्नुपर्ने बाध्यता छ ।’ उनले बस्तुभाउका लागि पनि पानी बोक्नुपर्ने बताइन् । यसैगरी स्याङ्जाको विर्घामा पनि खानेपानीको समस्या छ । लिफ्टिङबाट पानी तानिएको भए पनि बिग्रिएका कारण पानी नतान्ने र कतिपय स्थानमा लिफ्टिङ योजना अधुरै भएका कारण यहाँका बासिन्दालाई खानेपानीको समस्या भएको हो । वृद्धा महिमा पाण्डेले आफ्नो पूरै जीवन पानी बोक्नमा सिमित भएको बताइन् । भन्छिन्, ‘दु:खी भाग्य । घरमा पानीको धारो आउला र रहर मेटौंला भन्दाभन्दै मर्ने बेला भयो ।’ एक गाग्री पानीका लागि एकघण्टा समय खर्चिनुपर्ने उनले बताइन् ।
यसैगरी स्याङ्जा वालिङको मन्स्याङकोट, बायाखोलालगायतका बस्तीमा खानेपानीको हाहाकार छ । स्थानीय सरकारले खानेपानी घरघरमा पुर्याउन गरेको प्रतिबद्धता भाषणमा मात्र सीमित रहेको भन्दै स्थानीय आक्रोशित छन् । यी उदाहरणमात्रै हुन् । प्रदेशकोभौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेशका सबै ११ जिल्लाका विभिन्न बस्तीमा अझै खानेपानीको हाहाकार छ । मन्त्रायलयले माग गरेकोमा ६ सय ५१ निवेदन दर्ता भएको सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए ।
स्थानीय तहको सिफारिससहित सम्बन्धित जिल्लाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा निवेदन मागिएको थियो । मन्त्रालयले आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध गराउने बताएको छ । मन्त्रालयका अनुसार बाग्लुङबाट ७६, पर्वतबाट ३१, स्याङ्जाबाट ४४, तनहुँबाट १ सय ५७, गोरखाबाट ३ सय २, मनाङबाट ३, म्याग्दीबाट १२, मुस्ताङबाट १२, कास्कीबाट १३, नवलपुरबाट ४५ र लमजुङबाट ५६ निवेदन परेका छन् ।
‘अब छिटै योजना छनोट गर्छौं’ मरहठ्ठाले भने, ‘खोला, कुवा, खोल्साबाट एक/डेढ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता भएका गाउँ प्राथमिकतामा पर्नेछन् ।’ यस्ता योजना यही आवभित्र सम्पन्न हुने उनले बताए । बजेट कम र माग बढी भएकाले योजना छनोटमा समय लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले खानेपानीको क्षेत्रमा चालु आर्थिक वर्षमा १ अरब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ४ करोड विनियोजन गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ५ वर्षभित्र प्रत्येक जनताका घरघरमा खानेपानीको धारा पुर्याउने लक्ष्य अनुरूप सरकारले काम गरेको बताए । उनले आगामी वर्षमा खानेपानीको हाहाकार मेटाउने गरी बजेट विनियोजन गरेको बताए । कान्तीपुर दैनिकमा समाचार छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


