पत्रपत्रिका : चीनले ३ वर्षभित्र ५६ अर्ब सहयोग गर्ने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् ।
कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’ शीर्षक दिएर व्यानर समाचार बनाएको छ । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।
दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्ने सीको भनाइ रहेको छ । सीले बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले दहरसम्भव साथ–सहयोग दिने उल्लेख गर्दै केरुङ–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
अन्नपूर्णले पनि कान्तिपुरले जस्तै नेपाल अब भूपरिवेष्ठित रहन्न भनेर सीले व्यक्त गरेको भनाइलाई नै जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने दुईपक्षीय वार्तामा दर्जन बढी सम्झौता र सहमतिमा हस्ताक्षर हुने अन्नपूर्णले लेखेको छ ।
नागरिकले ‘नेपालको विकासमा चीन साझेदार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार सीले ३ वर्षभित्र करिब ५६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


