असिनाले धानबालीमा क्षति पुर्यायो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारामा मंगलवार दिउँसो परेको असिनाले पाकेको धान झारेपछि किसान चिन्तित भएका छन् ।

असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका –२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मङ्गलबार दिउँसो २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो ।
असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ । रासस
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…