कास्की क्षेत्र नम्बर २ मा नेकपाकाे उम्मेदवार रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई
कास्की – कास्कीको क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।
शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई पत्राचार गरेको थियो ।
क्षेत्र नम्वर २ बाटै विजयी बन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका स्व.रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा पत्नी भट्टराईलाई उम्मेद्वार बनाउन सिफारिस गरिएको नेकपा कास्कीले जनाएको छ ।
गएकाे फागुन १५ गते पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो । उहाँको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपचुनाव हुँदैछ ।
पार्टीले जित्नै पर्ने दबाब रहेकाले चर्चित नेता अधिकारीकी श्रीमतीलाई नै उम्मेद्वार बनाउन सिफारिस गरिएको हो । यसअघि साझा पार्टीले कास्की २ को उम्मेद्वारको रुपमा रजनी केसीलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको ।
कांग्रेसले भने उम्मेद्वार चयन गर्न सकेको छैन । कांग्रेस जिल्ला कार्यसमितिले उम्मेद्वार बन्न आकांक्षी १६ जनाको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


