अब म वालिङ नै पुगेर नगरपालिकाको प्रगती हेर्दैछु : अस्ट्रेलियन राजदुत पीटर वड ।
आँधीखोला खबर/पोखरा :
वालिङ नगरपालिकाले पोखरामा अन्तर नगरपालिका स्तरीय उत्तम अभ्यास तथा सिकाई आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियाका राजदुत पीटर वडले स्मार्ट बन्दै गरेको स्याङ्जाको वालिङ नगरपालिका सँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो ।

वालिङ नगरपालिकाले गरेको प्रगती आफुले निक्कै सुनेको भन्दै राजदुत वडले भन्नुभयो,“अब म वालिङ नै पुगेर प्रगती नजिकबाट हेर्दैछु । ” राजदुत वडले अहिलेको समय नेपालका लागि चुनौति र अवसरको समय रहेको भन्दै तिनै तहका सरकारले संघियता बुझेर अगाडि बढ्न जोड दिनु भयो ।

कार्यक्रम वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँण, उप प्रमुख कल्पना तिवारी, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घुमिरे, संघिय मामिला तथा सामान्य प्रशासन मन्रालयका उपसचिव रेशम कडेल, दि एसिया फाउन्डेशनका प्रतिनिधि मेघन नाल्बो र कार्यक्रम निर्देशक विष्णु अधिकारी लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदिले गर्नु भएको थियो । वालिङ नगरपालिकाको आयोजनामा २ दिन सम्म हुने कार्यक्रमा राजदुत वडले ७ गते पोखरामा र ८ गते वालिङ नगरपालिकाको विभिन्न ठाउँहरुमा भम्रण गर्नुहुनेछ ।




समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


