वालिङमा डेङ्गुसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियो ।
तोलाकान्त बगाले /वालिङ :
वालिङ नगरपालिकाको आयोजनामा बुधबार डेङ्गुसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोगका विरामीको संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरिएको हो ।

वालिङ मोडबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीहरु, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयको सक्रियतामा भकुण्डे, भुम्रे, तल्लो वालिङ हुँदै पुनः मोडमा आएर सकिएको थियो ।
सचेतनाका लागि गएको टोलीले वर्कशपहरुमा टायरहरुमा जमेका पानी फाल्नुकासाथै अन्य पानी जमेका स्थानहरुमा ‘ब्लिचिङ पाउडर’ छरिएको थियो भने लामखुट्टे हुन सक्ने संभावित स्थलहरुको खोजी गरिएको थियो ।

वर्कशपमा रहेका टायरहरुमा पानी जम्न नदिन सम्बन्धित ब्यक्तिहरुलाई सचेत गराईएको थियो भने माईकिङमार्फत घर वरीपरी पानी जम्ने स्थानहरुमा पानी जम्न नदिन वा पानीका ड्रमहरु, बाल्टिनहरुलाई छोपेर राख्न सुझाव दिईएको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपप्रताप खाँणले रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले वालिङमा पनि डेङ्गु रोगका संक्रमित ब्यक्तिहरु भेटिएकाले सबैले यसबाट बच्ने उपायहरु अपनाउन पनि सुझाव दिनुभयो ।
नगर प्रमुख खाँणले सचेतनामूलक ¥याली एवं ‘सर्च एण्ड डिष्ट्रोय’ कार्यकालागि सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्नुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


