वालिङ : बालबालिकाको अंग्रेजी भाषाको गुणस्तर बृद्धिका लागि हिज्जे प्रतियोगिता ।
आँधीखोला खबर/वालिङ :
बालबालिकाहरुको अंग्रेजी भाषाको गुणस्तर बृद्धि गर्ने उद्देश्यले वालिङमा हिज्जे प्रतियोगिता गरिएको छ । वालिङ नगरपालिका ९ राउतडाँडामा आधारभुत तह स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न भएको हो । वालिङ सिकाई केन्द्रको आयोजना र बालकल्याण आधारभुत विद्यालय र जनकल्याण आमा समुहको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा कालिका आधारभुत विद्यालय प्रथम, हिमसिखर मावि द्धितिय, बालशिक्षा निकेतन तृतिय र उपल्लो पेखू मावि सान्त्वना भएकाछन् ।
वालिङ नगरभित्रका आधारभूत तह अन्तर्गत कक्षा ५ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा शिक्षाबिद भोजराज गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका क्षेत्रिय सभापति डण्डपानी पंगेनी, काँग्रेस वडा नं ९ का सभापति कृष्णप्रसाद पंगेनी, नेविसंघ जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, नेविसंघ नगर सभापति दिक्षान्तप्रताप खाँण, नेविसंघ जिल्ला सदस्य सन्देश लम्साल, शिक्षक परशुराम रेग्मी लगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहेको थियो । सिकाई केन्द्रका अध्यक्ष गोविन्दप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक बुद्धि लामिछाने र सञ्चालन सिकाई केन्द्रका सचिव भुपराज बगालेले गर्नुभएको थियो भने धन्यवाद श्याम खांणले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथमले नगद ५ हजार, द्धितियले ३ हजार, तृतियले २ हजारसहित प्रमाणपत्र र शैक्षिक सामाग्री प्राप्त गरेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


