सिद्धबाबा खण्डमा फेरी बस माथि ढुङ्गा खस्यो : चालक सहित ५ घाईते ।
पाल्पा – गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा शनिबार दिउँसो चालकसहित पाँच जना घाइते भएका छन् ।
पाल्पा–बुटवल सडकको तिनाउँ गाँउपालिका–३ हेडबक्समा २० जना सवार लु १ ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाबाट बुटवल जाँदै गरेको बसमा ढुङ्गाले लाग्दा तिलोत्तमा नगरपालिका–४ का ३५ वर्षीय चालक कमल राउत, बसमा सवार वालिङ्ग नगरपालिका १४ कि ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु र तिनाउँ–६ पाल्पाका ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी गाँउपालिका–५ का २३ वर्षीइ संतास चौहान घाइते भएका हुन् ।
घाइतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


