सहकारीहरु अब उत्पादनतर्फ जोडिनुको बिकल्प छैन : नगर प्रमुख खाँण ।

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सहकारीहरु उत्पादनतर्फ जोडिनुपर्नेमा बताउनुभएको छ ।

स्याङ्जाको वालिङमा बिहीबार राधाकृष्ण वचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारणसभा तथा प्रथम अधिबेशनको उद्घाटन गर्दै नगर प्रमुख खाँणले उत्पादन विना आर्थिक समृद्धि सम्भव नभएकाले सहकारीहरु अब उत्पादनतर्फ जोडिनु आवश्यक रहेको स्पष्ट पार्नु भयोे ।

राधाकृष्ण सहकारीले छोटो समयमै फड्को मारेको बताउँदै यही गतिलाई निरन्तररुपमा अगाडि बढाउन पनि संस्थालाइ प्रमुख खाँणले सुझाव दिनुभयो । उहाँले सहकारीका सिद्धान्तबाट विचलित नभईकन सामुहिक विकासमा लाग्न पनि सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्य, वालिङ नगरपालिका सुझाव संकलन तथा गुनासो ब्यवस्थापन समितिका संयोजक भुपराज बगाले, संस्थाका सल्लाहकार टुनबहादुर कुँवर लगायतले राधाकृष्ण वचतले स्थापना भएको छोटो अवधिमै वालिङको आर्थिक विकासमा टेवा पुग्ने कार्य गरेको प्रशंसा गरेका थिए ।
उद्घाटन समारोह संस्थाका अध्यक्ष छविलाल कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कमल कुँवरले र स्वागत उपाध्यक्ष हेमबहादुर कुँवरले गर्नुभएको थियो ।
यसैबीच बिहीबार सम्पन्न प्रथम अधिबेशनले अध्यक्षमा छविलाल कुँवर, उपाध्यक्षमा हेमबहादुर कुँवर, सचिवमा कमल कुँवर, सहसचिवमा मिनादेवी कुँवर, कोषाध्यक्षमा कमलबहादुर कुँवर निर्वाचित हुनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा चोसबहादुर गुरुङ, निर्मला श्रेष्ठ, देवी कुँवर, ढालबहादुर कुँवर, भविश्वर कुँवर, सूर्यबहादुर कुँवर हुनुहुन्छ ।

त्यस्तैगरी हेमबहादुर कुँवरको संयोजकत्वमा ऋण उपसमिति, बुद्धिनारायण अर्यालको संयोजकत्वमा लेखा उपसमिति, प्रदीप बगालेको संयोजकत्वमा शिक्षा उपसमिति, कृष्ण थापाको संयोजकत्वमा बजार ब्यवस्थापन र यामकुमारी कुँवरको संयोजकत्वमा महिला उपसमिति निर्वाचित गरिएको छ ।

Facebook Comments Box
TOP