३ औँ विश्व रेविज दिवस, वालिङमा सप्ताहव्यापी कार्यक्रम शुरु ।
कला राना/वालिङ :
१३औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम वालिङमा शुरु भएको छ । खोप लगाऔँ, रेजिव उन्मुलन गरौँ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको हो । वालिङ नगरपालिकाको आयोजना, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङको सहयोगमा कार्यक्रमको शुरुवात गरिएको हो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले घरमा सुरक्षाका लागी पालिने पशुहरुको स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्ने भन्दै चेतनाको विकास गर्नुपर्ने बताउनुभयो । साथै प्रमुख खांणले सामुदायिक कुकुरहरुको तथ्याङक संकलन गरी उनीहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाउँदै जाने बताउनुभयो ।

नगरप्रमुख खांणले भन्नुभयो, “कहिलेकाँही चेतनाको अभावमा घटना घट्ने समेत अवस्था आउँछ, त्यसैले सुरक्षाका लागि पालिएको पशुपालनमा ध्यान दिऔँ ।” कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जा प्रम्ुख विश्वनाथ गौतम, वालिङ नगरपालिका स्वास्थ्य साखा प्रमुख मणिप्रसाद सुवेदी, भीरकोटका पशु साखा प्रमुख हुमनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

नगरप्रमुख खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पशु साखा प्रमुख देवकुमारी श्रेष्ठ र सञ्चालन पशु प्राविधिक डोलराज गैह्रेले गर्नुभएको थियो । शनिबार घरमा पालिएका कुकुरहरुलाई नगरपालिकामा रेविज विरुद्धको भ्याक्सिन लगाईएको छ भने आईतबार सम्म घरपालुवा पशुलाई भ्याक्सिन लगाईने छ भने सामुदायिक कुकुरहरुलाई समेत चरणबद्ध रुपमा भ्याक्सिन लगाईनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


