माथिल्लो तहबाट भ्रष्ट्राचार रोक्न सरोकारवालाको सुझाब ।
सुशील सुबेदी/स्याङजा :
गण्डकी प्रदेशलाई भ्रष्टचार रोक्न प्रदेश सरकारले आँफैबाट प्रण गर्दै नमुना प्रदेश बनाउन सरोकारवालाले सुझाब दिएका छन् । भ्रष्ट्राचार तलबाट होईन माथिबाट रोकौँ भन्दै कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले माथिल्लो निकायले भ्रष्टचार नगर्ने हो भने मुुलुकभर भ्रष्टहरुको अन्तय हुने दाबी गर्नुभयो । ‘सुशासन सहितको भ्रष्टचार मुक्त प्रदेश बनाउन शुरु आँफैबाट गरौँ , गण्डकी प्रदेश नमुना बन्नेछ ’ , थापाले भन्नुभयो ।
गण्डकी प्रदेश सार्बजनिक लेखा समितिले सुशासन , प्रबद्र्धन र भ्रष्टचार नियन्त्रण गर्न सरोकारवाला सँग प्रदेशभित्रका बिभिन्न जिल्लामा अन्तरक्रिया गर्दै आएको छ ।
बिहीबार स्याङजाका ११ वटै स्थानिय तहका प्रमुख , उप—प्रमुख , प्रमुख प्रसासकीय अधिकृत , संघ संस्था र संचारकर्मी बीच जिल्ला समन्बय समितिको सभाहलमा उक्त कार्यक्रम गरिएको हो ।
भ्रष्टचार निराकरण गर्न सके देशले छिट्टै फड्को मार्ने प्रतिनिधी सभा सदस्य अमृता थापाले बताउनु भयो । सुशासनको बाधक भ्रष्टचार भएको उल्लेख गर्दै समाजबाट भ्रष्टको अन्त्य गर्न राज्यको मात्र नभई जनताको समेत दायित्व रहेको थापाले बताउनु भयो ।
यसैगरि गण्डकी प्रदेश सभा सदस्य एबं बिधायन समिति सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारमा कृषी श्रेत्रमा अनुदानको नाममा बिभिन्न गुनासो आएपछी यो अभियान शुरु गरिएको बताउनु भयो । उहाँले भन्नुभयोे ,‘ सुशासनयुक्त समाज निर्माण गर्न भ्रष्टहरुको अन्त्य हुनेछ , हामिले समस्या परेका श्रेत्रहरुको पहिचान गर्दै कानुनी दायरामा ल्याउने छौँ ।’

पछिल्लो समय कृषी क्षेत्रलाई आम्दानीको स्रोत बनाउने र बास्तविक कृषक समक्ष राज्यको आर्थिक अनुदान तथा ऋण नपुग्ने गुनासो आउन थालेको गण्डकी प्रदेश सभा सदस्य एबं सार्बजनिक लेखा समिति सदस्य मेखलाल श्रेष्ठले बताउनु भयो । यस तर्फ सचेत रहन उहाँले सवैलाई आग्रह गर्नु भयो ।
प्रदेश सरकारले सुशासन कायम गर्दै भ्रष्टचार रोक्ने नारा बोक्दै गर्दा जिल्ला समन्बयलाई अधिकार दिन चुकेको समन्बय उपप्रमुख दिलीप कुमार बगालेले बताउनु भयो । उहाँले भन्नुभयो,‘ संबिधानमा स्पष्ट समन्बयलाई अनुगमन गर्ने अधिकारको व्यवस्था गरेको भएपनि स्पष्ट जिम्मेबारी दिन नसक्दा भ्रष्टचार निराकरण हुन सकेको छैन । ’
एउटै योजनामा ३ वटै सरकारको बजेट बिनियोजन हुनु , सिफारिसको आधारमा बजेट बाँडफाँड गरिनु सरकार संचालन प्रणाली अपारदर्शी हुन थालेको गुनासो कार्यक्रममा सहभागी सरोकारवालाले गरेका थिए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ , दिपक चर्ती मगर गाउँपालिका प्रमुख चुन प्रशाद शर्मा , उपप्रमुख शर्मिला पौडेल , स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त श्रेष्ठ लगाएतले भ्रष्टचार निराकरण गर्दै सुशासन कायम गर्न सबैले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


