भ्रष्ट्राचार हुन नदिन सबै जागरुक बनौं : नगरप्रमुख अधिकारी ।
आँधीखोला खबर/गल्याङ :
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भ्रष्ट्राचार हुन नदिन सबै जागरुक बन्नुपर्नेमा जोड दिनुभएको छ । नगरपालिका भित्र कहींकतै भ्रष्ट्राचार भएको जानकारी भएमा प्रमाण सहित सूचना दिन प्रमुख अधिकारीले सवैलाई आग्रह समेत गर्नुभयो ।

गल्याङ नगरपालिका ९, मचेभञ्ज्याङमा रहेको लालीगुराँस आधारभूत विद्यालयमा आज भएको कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले कसैबाट पनि भ्रष्ट्राचार हुन नदिन जनता नै चनाखो हुनु जरुरी छ । विद्यालयले राखेको पुरस्कार एवम् छात्रबृत्ति वितरण तथा सम्मान समारोहमा अधिकारीले भन्नुभयो, “भोट हाल्ने बेलामा मात्रै राजनीतिको कुरा हुनु पर्दछ ।”
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर नौका अध्यक्ष हरिलाल खनालले बाटो निर्माण लगायतका विकासका काममा सुधार भएको बताउनुभयो । कार्यक्रममा भानुभक्त आचार्य माध्यमिक विद्यालयका पूर्व स्रोतव्यक्ति लेखनाथ चापागाई, समाजसेवी सुर्यप्रसाद चापागाई, गण्डकी माध्यमिक विद्यालयका प्रमुख लोकनाथ भण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार एवम् छात्रबृत्ति वितरण गरिएको थियो । यस्तै, विद्यालय स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि सो अवसरमा गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया गाहाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ऋषिराम भण्डारीले गर्नुभएको थियो ।
यसै वर्ष देखि सञ्चालनमा आएको विद्यालयमा नर्सरी देखि कक्षा दुई सम्म ३५ जना अध्ययनरत रहेको प्रधानाध्यापक फुलमाया भण्डारीले जानकारी दिनुभयो । ती विद्यार्थीहरुलाई स्थानीय अभिभावक तथा सहयोगीहरुको सहयोगबाट दिवा खाजाको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


