जंगली च्याउको तरकारी खाँदा पाल्पामा ५ जना बिरामी
सीता डोटेल/ पाल्पा-रामपुर : जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खादा पाल्पाको रामपुरमा ५ जना बिरामी भएका छन् । मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बिरामी हुनेमा रामपुर नगरपालिका वडा नं.- ४ खोप्टारका ३९ बर्षका तुल बहादुर मल्ल, उनकी श्रीमती ३४ बर्षकी केसरी मल्ल, ५३ बर्षका ठग बहादुर खाँण, ११ बर्षका शंकर खाण, १४ बर्षक अनुप थापा रहेका छन् । बिरामी मध्य तुल बहादुर,ठग बहादुर र अनुप थापाको अबस्था मध्यम छ भने केसरी मल्ल र शंकर खाणको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर खाना खाएका उनीहरुलाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी रामपुर अस्पतालमा सामान्य उपचार गरेर मंगलवार अपरान्ह नै लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेजमा आइसीयु खाली नभएपछी उनीहरुलाई थप उपचारका लागि बुटवल लगिएको हो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


