घटस्थापनाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा ।

आँधीखोला खबर/पोखरा :
गण्डकी प्रदेश सरकारले बडादशैंको पहिलो दिन घटस्थापनाको दिन यही १२ असोज आईतबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

९ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP