स्याङ्जा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया ।

भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी छलफल एवं अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियामा बोल्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले डेंगु सरुवा रोग भएका कारण सचेत र सफासुग्घर वातावरणमा रहन आग्रह गर्दै सबै मिलेर लामखुट्टेका बासस्थानलाई नष्ट गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, गण्डकी प्रदेश जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकाल, स्वास्थ्य कार्यालय स्याङ्जाका स्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डे लगायतले एडिस/एजिप्टाई जातिका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग नियन्त्रण गर्न सकिने बताउदै डेगुं रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
संक्रमित लामखुट्टेले टोकेको ३/४ दिनमै लक्ष्यण देखापर्दछ । निरन्तर र उच्च ज्वरो आउनु, टाउको दुख्नु, नाक, आँखाबाट रगत बग्नु, खान मन नलाग्न, शरिर गल्नु लगायतका लक्ष्यण देख्नासाथ स्वास्थ्य संस्थाामा जानु पर्दछ । सफा पानीमा फुल पार्ने हुदा जुनसुकै ठाउमा पनि पानी जम्न दिन हुदैन । यस प्रजातिका लामखुट्टेले दिउसो टोक्ने गर्ने हुदाँ लामो कपडा लगाउनुका साथै रातमा झुलको प्रयोग गर्नु पर्ने सुझाव दिइएको छ ।


गण्डकी प्रदेश अन्र्तगत म्याग्दी, मनाङ् र मुस्ताङ् बाहेक सबै जिल्लामा डेगुंका प्रभाव देखिएको बताउदै मनाङ् र मुस्ताङ् जिल्ला बाहेकका सबै जिल्लामा पुगेर यस्ता खालका सचेतना कार्यक्रम संचालन गर्ने प्रदेश निर्देशनालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्वागत एवं स्वास्थ्य अधिकृत मित्रबन्धु अर्यालले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP