वालिङमा डेङ्गु सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न ।
तोलाकान्त बगाले/वालिङ :
वालिङमा डेङ्गु सम्बन्धी एकदिने सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले डेङ्गु नियन्त्रणका लागि आ आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीको सानो प्रयासले मात्रै पनि ठुलो उपलब्धी हुने भएकाले सचेत भएर कार्य गर्न आग्रह गर्नुभयो ।
“डेङ्गुलाई महामारीकारुपमा फैलन नदिन समयमै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “सचेतनामूलक अभियान नगरका प्रत्येक टोल टोलमा पु¥याउँदै नगरभित्र सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ ।”
नगरका १४ वटै वडामा सर्च एण्ड डिष्ट्रोयको काम गर्ने नगर प्रमुख खाँणले बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य निरीक्षक कमल पाण्डेले डेङ्गु रोगकाबारेमा सहजीकरण गर्नुभएको थियो ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको उक्त सचेतना कार्यक्रम नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले र सञ्चालन स्वास्थ्य शाखा प्रमुख मणि पंगेनीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


