बोनम्यारोको समस्याबाट पिडित बिमला रानालाई आदर्श माविको सहयोग ।
आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर तीन की बोनम्यारोको समस्याबाट पिडित बिमला रानाको स्वास्थ्य उपचारका लागि आदर्श आवासीय माध्यामिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।

पिडित वालिकाकाको आमा कुमारी रानालाई विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, रेडक्रस सर्कल र विद्यालय व्यवस्थापन समितिबाट संकलन गरिएको ८० हजार एक सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
पिडित वालिका साही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।
बिद्यार्थी राना विगत केहि वर्ष यता वोनम्यारो पिडित भई उपचार गर्दै आउनु भएको छ । रानाको उपचारमा २० लाख भन्दा धेरै लाग्ने भए पछि परिवारले आर्थिक सहयोगको याचना गर्दै आएको छ ।
रकम हस्तान्तरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईले संकलित रकम परयाप्त नभए पनि विमलाको उपचारमा केही सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले विमलाको उपचारमा आर्थिक सहयोग गर्न सवैलाई आग्रह समेत गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


