बोनम्यारोको समस्याबाट पिडित बिमला रानालाई आदर्श माविको सहयोग ।

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर तीन की बोनम्यारोको समस्याबाट पिडित बिमला रानाको स्वास्थ्य उपचारका लागि आदर्श आवासीय माध्यामिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।

पिडित वालिकाकाको आमा कुमारी रानालाई विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, रेडक्रस सर्कल र विद्यालय व्यवस्थापन समितिबाट संकलन गरिएको ८० हजार एक सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
पिडित वालिका साही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।
बिद्यार्थी राना विगत केहि वर्ष यता वोनम्यारो पिडित भई उपचार गर्दै आउनु भएको छ । रानाको उपचारमा २० लाख भन्दा धेरै लाग्ने भए पछि परिवारले आर्थिक सहयोगको याचना गर्दै आएको छ ।
रकम हस्तान्तरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईले संकलित रकम परयाप्त नभए पनि विमलाको उपचारमा केही सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले विमलाको उपचारमा आर्थिक सहयोग गर्न सवैलाई आग्रह समेत गर्नुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…