स्याङ्जा जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको पहिलो पटक शल्यक्रिया ।

स्याङ्जा- जिल्ला अस्पताल स्याङ्जामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। अस्पतालमा मंगलबार २६ वर्षिया माया रोकाको शल्यक्रिया गरिएको हो। 

पुतलीबजार– ५ नयाँबाजरकी रोकाको एपेन्डिसाइटिसको डा नारायण बहादुर गोदार नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो। उपचार टोलीमा मेडिकल अधिकृत डा निरज पौडेल, डा प्रतिक शर्मा गैरे, नर्स अप्सरा भण्डारी र प्रमिला कार्की थिए।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा पौडेलले जानकारी दिए। उनका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया ‘एपेन्डेक्टोमी’ जिल्लामै पहिलो पटक भएको हो। 

यसअघि अस्पतालमा एपेन्डिसाइटिस भएका बिरामीलाई शल्यक्रियाका लागि पोखरा वा अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो। डा पौडेलका अनुसार आगामी दिनमा यस्ता सेवा अस्पतालमा नै सहज रुपमा उपलब्ध हुनेछन्।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP