स्याङ्जामा धमाधम चल्दैछ कर शिक्षा कार्यक्रम, चेम्वरले पनि गरायो व्ववशायीलाई सचेत ।
आँधीखोला खवर/स्याङ्जा :
साउन १ गतेबाट लागु् भएका कर शिक्षा सम्वन्धी जानकारी मुलक कार्यक्रम स्याङ्जामा धमाधम भईरहेकाछन् । वालिङको वालिङ उद्योग बाणिज्य संघले टोलटोलमा नै गएर कर सम्वन्धी जानकारी गराएको थियो । स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले विहिबार मात्रै कर शिक्षा कार्यक्रम स्याङ्जा सदरमुकाममा गरेको थियो त्यस्तै शुक्रवार स्याङ्जा सदरमुकाममा नै चेम्वर अफ कमर्शले कर शिक्षा कार्यक्रम चलाएको हो ।

उद्योगी ब्यवसायीलाई नयाँ कर प्रणली तथा विविध ऐन नियमका बारेमा जानाकारी गराउन भन्दै कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले कर तथा यसका विभिन्न पक्षका बारेमा बेलैमा सचेत हुन व्यवशायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यलयका प्रमुख कर अधिकृत केशब कुमार उप्रेतीले करका विभिन्न पक्षका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा आन्तरिक राजस्व कार्यालका कर अधिकृत जिवराज निरौलाले प्यान, भ्याटको दर्ता र राजस्व भुक्तानीको बारेमा ब्यवसायीलाई जानकारी गराउनु भएको थियो त्यस्तै बरिष्ठ उपाध्यक्ष श्री गुरुङले कार्यक्रम अयोजना गर्नुको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
च्यम्वरका अध्यक्ष नन्दाकुमारी लम्सालको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब लोकनाथ रेग्मीले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


