स्याङ्जामा पनि डेंगु भेटियो ।
प्रकाश डोटेल /स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिका २ का ३२ वर्षीय एक जना पुरुषमा डेंगु फेला परेको छ । जिल्ला अस्पताल स्याङ्जामा भदौ ५ गते भर्ना भएर उपचार गरिरहेको र भदौ ८ गते ल्याव परीक्षण गरेर हेर्दा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जानकारी दिएको छ । डेंगु संक्रमित उक्त व्यक्तिको जिल्ला अस्पतालमा उपचारार्थ छन् ।

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । स–साना पानीको पोखरीमा यसले फुल पार्ने गरेको जिल्ला अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर बुद्धीसागर अधिकारीले जानकारी दिनु भयो ।
खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी हुने गर्छ ।
डेंगू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगू सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगू रोग क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारको रहेको अधिकारीले बताए । अधिकारीका अनुसार क्लासिक डेंगू सामान्य प्रकारको डेंगू हो, यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


