संसदमै उठ्यो सरकारले माफी माग्नुपर्ने माग, अब के गर्छ सरकार ?

काठमाडौं – सभामुख कृष्णबहादुर महराले मधेश र थरुहट आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका छन् ।
सरकारले आन्दोलनको क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।
नेपाल समाचारपत्र दैनिक लेख्छ – राष्ट्रिय जनता पार्टीले पटक–पटक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । सोमवारको संसद बैठकमा पनि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेपछि सभामुख महराले पुनः रुलिङ गरेका हुन् ।
कानूनमन्त्री भानुभक्त ढकालले यसअघि पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नेम्वाङको नेतृत्वमा विशेष समिति गठन :
प्रतिनिधि सभाले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ । कांग्रेस र राजपाले विशेष समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएपछि अवरुद्ध संसद हटाउने सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, डा. मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहेका छन् ।
मेरो चरित्र हत्या गरियो : महतो
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो नाम जोडेर चरित्रहत्या गरेकाले माफी माग्न आग्रह गरेका छन् । सोमवार संसदलाई सम्बोधन गर्दै उनले आग्रह गरेका हुन् ।
महतोले सरकारलाई भ्रमको खेती नगर्न चेतावनी समेत दिए । सरकारले खारेज गरेको ८ जनाको नागरिकताको सूचिमा राजेन्द्र महतो भन्ने व्यक्तिको पनि नाम उल्लेख थियो ।
संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको आरोप लगाउँदै सांसद महतोले प्रश्न गने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…