सञ्चारकर्मी रवि लामिछानेको समर्थकले रामपुरमा गरे प्रर्दशन ।


सीता डोटेल /पाल्पा :

सन्चारकर्मी रबि लामिछानेको समर्थनमा घटनाको वास्तविकता छानविनको माग गर्दै पाल्पाको रामपुरमा प्रदर्शन गरेका छन् ।
न्युज २४ को कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई सुनियोजित तवरले फसाउने प्रयास गरिएको भन्दै स्थानीय ,युवा,बिध्यार्थी एबम बुद्धिजिबीको उपस्थितीमा दबावमूलक प्रदर्शनको आयोजना गरेको युवा गोबिन भट्टराईले बताए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा चर्चित पत्रकार रवि लामिछाने सहित ३ जना पक्राउ परे संगै चितवनमा प्रदर्शन हुँदै आएकोमा युवाहरुको नेतृत्वमा अहिले देशका विभिन्न जिल्ला तथा गाउघरमा पनि बिरोध स्वरुप शान्तिपुर्ण प्रदर्शन भएका छन् ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने साथै पुडासैनीले पनि न्याय पाउनुपर्ने उनीहरुको माग छ । चौतर्फी रुपमा लामिछानेको पक्षमा आवाज उठ्न थालेसँगै स्थानीयले सामाजिक संजालको सुचनाका आधारमा स्वतस्फूर्त महिला, युवाहरु बजार चोकमा जम्मा भएर र्‍याली र प्रदर्शन गरेका थिए । साझ ५ बजे कोणसभामा परीणत भएको थियो ।

पत्रकार लामिछाने र पुडासैनीको तस्वीर सहितको व्यानर र नेपालको झण्डा बोकेर साझ ५ बजे बेझाड चोकबाट शुरु भएको र्याली स्कुलरोड, इलाका प्रहरी कार्यालय(बाङ्गेपसल रोड हुँदै पुनः बेझाँड बजारमा आएर कोणसभामा परीणत भएको थियो । राष्ट्र र राष्ट्रियता प्राण भन्दा प्यारो छ, एउटा आवाज न्यायका लागि, मेरो देशमा न्याय नहराओस्, चितवन घटनाको वास्तविक छानविन गर्, दोषीलाई कारवाहि गर्, निर्दोषलाई रिहा गर, लगाएतका नारा लगाएका थिए।र्यालीमा सहभागी युवाहरुले पक्ष र विपक्षमा नभई घटनाको सत्य तथ्य छानविन हुनु पर्नेमा जोड दिएका थिए ।

Facebook Comments Box
TOP