पोखराको न्युरोडमा आगलागी हुँदा २३ पसल जले ।
पोखरा । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो आगलागी हुँदा २३ वटा पसलका सबै सामान जलेका छन् । २३ वटा पसल रहेको मिनीमार्केटका सबै सटरमा आगलागीले पूर्ण क्षति पुगेको प्रहरी निरीक्षक गणेश सुवेदी जानकारी दिए ।

मिनीमार्केटमा इलेक्ट्रोनिक, फलफूल, फर्निचर तथा फोम (म्याट) पसल थिए । स्थानीय अन्तिम पौडेलका अनुसार मिनीमार्केटमा १० वटा सटरमा फोमको मात्रै व्यवसाय गरिएको थियो ।
दिउँसो करिब ४ बजेतिर भएको आगलागी १० मिनेटमा सबै पसलमा फैलिएको थियो । आगलागी भएको करिब १५ मिनेटपछि पोखरा महानगरपालिकाको दमकल पुगेको थियो । महानगरको ३ वटा दमकल प्रयोग गरेर २ घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

आगलागीबाट भएको क्षतिको मुल्यांकन भइरहेको प्रहरीले बताएको छ । आगलागी सुरु भएको भनिएको शुभ युनिफर्म होम डेकोरेसनका कर्मचारीले भने घटना भएको समयमा सटर बन्द गरेर बाहिर आइसकेको दाबी गरेका छन् ।
‘सटर बन्द गरेर हामी बाहिर गइसकेका थियौं,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने, ‘सटर बन्द भएको करिब १५ मिनेटपछि मात्रै आगो लागेको थाहा भयो ।’ मार्केेटको बीच भागबाट आगो लाग्न सुरु भएकाले चाँडै सबैतिर फैलिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


