ब्युटी पार्लर व्यवसायीलाई प्रमाणपत्र ।

ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङ्जा र वालिङका आजीवन तथा साधारण सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको हो । एसोसियसनमा आवद्ध २ सय ५० भन्दा बढी सदस्यले सो अवसरमा प्रमाणपत्र प्राप्त गरे ।
प्रमाणपत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले ब्युटीपार्लर व्यवसायीहरु संस्थामा आवद्ध भई संस्थाको नीति नियमलाई अवलम्बन गरी नमुना संस्था बनाउनुपर्नेमा जोड दिइन् । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर पेसाले योगदान दिएको छ,’ उनले भनिन्, ‘पोखरामा ब्युटीपार्लर व्यवसायको भविष्य राम्रो छ ।’

ब्युटी पार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार एवं संस्थापक चिनु गुरुङले एसोसिएसनमा आवद्ध भई व्यवसायलाई मर्यादित मनाएर अगाडि बढाउनुपर्ने खाँचो औंल्याइन् । ‘पोखरा महानगरपालिकाले सञ्चालन गरेको महिलासँग उपमेयर कार्यक्रममा ब्युटीपार्लर व्यवसायलाई समेत समेट्नुपर्ने देख्छु,’ उनले भनिन् ।
ब्युटीपार्लर एसोसिएसनका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्यले पछिल्लो समय ब्युटीपार्लर व्यवसायीलाई अरुले हेर्ने दृष्टिकोण फेरिएको सुनाइन् । ‘अब व्यवसायीहरु एकजुट भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले ब्युटीपार्लर व्यवसायको प्रवद्र्धन गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बचन दिए ।

कास्की हस्तकला संघका सचिव सीता गुरुङले व्यावसायिक हकहितसँगै राज्यबाट पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न एसोसिएसनले पहलकदमी गर्नुपर्नेमा जोड दिइन् । ब्युटीपार्लर एसोसिएसन लेखनाथ कमिटीका अध्यक्ष माया विकले अझै पनि कताकति ब्युटीपार्लर व्यवसायलाई समाजले नकारात्मक ढंगले हेर्ने गरेको सुनाइन् । ‘व्यवसायीहरु एकजुट भएर आफ्नो पेसालाई मर्यादित बनाउँदै त्यस्ता नकारात्मक सोच भएकाहरुको सोच बदल्ने गरी काम गर्नुपर्छ,’ उनले भनिन् ।

गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर व्यवसायले पछिल्लो समय निकै ठूलो भूमिका खेलेको बताइन् । एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष सुष्मा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम सञ्चालन एसोसिएसनका सचिव वविता केसी कार्कीले गरेकी थिइन् । समाधान दैनिकमा समाचार छ ।
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


