पर्वतमा १८ वर्ष नपुगेकालाई मदिरा किन्न राेक

पर्वतमा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा किन्न राेक लगाउनका साथै खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण गर्न नपाउने भएकाे छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको उक्त निर्णय गरेको हो ।
बैठककाे निर्णय अनुसार अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने छ । त्यस्तै बजार अनुगमन समितिमा होटल व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका एक/एक सदस्यलाई मनोनित गरिने भएको छ ।
बैठकमा प्रत्येक होटल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय पनि गरिएको छ । बैठकले गरेका निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन नगर्नेलाई नियमानुसार कारवाही गरिने पनि प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।
यो निर्णय सदरमुकामका साथै ग्रामीण क्षेत्रका बजार तथा पसलमा पनि लागू गर्दै जाने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । कुश्माबजारमा मात्रै झण्डै १०० को हाराहारीमा होटल तथा मदिरा व्यवसायी छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


