एनसेल र एनटिसीका टावरमा आगजनी ।

देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्।
मंगलबार र बुधबारसम्म अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेका प्रहरीले जनाएको छ।
झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। अज्ञात समूहले नै अर्घाखाँचीमा एनटिसीको टावरमा आगजनी गरेको छ।
उक्त आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…