एनसेल र एनटिसीका टावरमा आगजनी ।
देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्।
मंगलबार र बुधबारसम्म अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेका प्रहरीले जनाएको छ।
झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। अज्ञात समूहले नै अर्घाखाँचीमा एनटिसीको टावरमा आगजनी गरेको छ।
उक्त आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


