पहिलो पटक रामपुरमा मखमली र सयपत्रीको फुलको व्यवसायिक खेती ।

सीता डोटेल/पाल्पा :
पहिलो पटक पाल्पाको रामपुरमा एक युवाले व्यवसायिक फूल खेती शुरु गरेका छन् । बिस्तारै चाडपर्व नजिकिए संगै रामपुर नगरपालिका ४ का युवा दिल बहादुर थापाले फुल खेतीको शुरूवात गरेका हुन ।

बजारमा प्लास्टिकका माला र बाहिरबाट ल्याउने फुलले बजार ढाक्ने गरेपछी यही खेती गरेर नयाँ, मौलिक र कम लगानीमा उपभोक्ताले गाउघरमा नै पाउने भएपछी राम्रो बिक्री हुने आशामा खेती सुरु गरेको थापाले सुनाउनुभयो । देवीस्थान र कासजरी क्षेत्रको झण्डै १ रोपनीमा अहिले व्यवसायिक फूल खेती सुरु गरिएको छ ।

दशै तिहारमा बढी माग हुने मखमली र सयपत्री फूल रोपिएको छ। थापाले तालिम लिएकाले आफैले नर्सरी बनाएर फुल खेतीमा कस्सिएको बताउनुभयो । एक हप्ते व्यवसायिक पुष्पखेती, नर्सरी तथा बगैचा व्यवस्थापन सम्बन्धी तालिम लिएपछि तरकारी सहित फुल खेती गर्ने इच्छा जागेको उहाको भनाई छ । थापा पछिल्लो ३/४ बर्षदेखी व्यबसायिक तरकारी खेती गर्दै आउनुभएको छ । रामपुरको अगुवा किसानमा उहाँ गनिनुहुन्छ । उहाको सिको सिकाईमा रामपुर ४ कै स्थानीय उद्यमी कृषक महिला समुहले पनि फुलखेतीको शुरु गरेको छ । समुहमा आवद्ध रहेका १८ जना महिला समुहले थापाकै नर्सरीबाट बिरुवा लगेर १ रोपनी भन्दा बढी जग्गामा फूलखेती सुरु गरेको छ ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…