गल्याङ एफएमको अध्यक्षमा भण्डारी निवार्चित ।
टिकाराम अधिकारी/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन शनिबार सम्पन्न भयो ।

गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन मगरभवन लेमभित्तामा सम्पन्न भएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङ एफ.एमले गल्याङ नगरलाई समृद्ध बनाउने भुमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । प्रमुख अधिकारीले संस्था नाफामुखी भन्दा पनि चेतनामुखी हुनुपर्ने जोड दिदै मिडियालाई आधुनिकरण गर्दे अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले जव सम्म चेतना हुदैन तव सम्म समाज परिवर्तन हुन नसक्ने भन्दै गल्याङ एफ. एमले समाज निमार्णमा सशक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले आफ्नो तर्फबाट गल्याङ सञ्चारलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
यस्तै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले गल्याङ एफ.एमले सकारात्मक सत्य तथ्यमा आधारित सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेकपा गण्डकी प्रदेशका सदस्य पुण्य भुषालले गाउँ गाउँमा सुचना प्रवाह गरि नगरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष नेत्र पाण्डे, नेकपा गल्याङ नगर कमिटीका सदस्य छविलाल भुषाल, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठ लगायतले सञ्चार माध्यमले निष्पक्ष तरिकाले काम अगाडी बढानुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालले वार्षिक प्रतिवेदन र प्रालिका कोषाध्यक्ष अर्जुनरानाभाटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भेमलाल अर्यालले र स्वागत उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले गर्नुभएको थियो ।
यसैबीच आज अधिवेसनले नयाँ कार्य ससिती चयन गरेको छ । दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा सुर्य प्रसाद चापागाई, सचिवमा भेमलाल अर्याल, कोषाध्यक्षमा खगेन्द्र प्रसाद भट्टराई चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा महेश भट्टराई, लेखनाथ भट्टराई, यौँ बहादुर राना, गंगा प्रसाद श्रेष्ठ, शिवराज भण्डारी, अर्जुन रानाभाट, टोम प्रसाद भूषाल, सुर्य प्रसाद भट्टराई, हिमलाल भण्डारी, नेत्र प्रसाद पाण्डे र उमा श्रेष्ठ रहनुभएको छ ।
जिल्लाको एक मात्र व्यवसायिक रेडियो गल्याङ एफ.एम ९२.२ मेगाहर्ज २०७० साल चैत २५ गते देखि सञ्चालनमा आएको हो । गल्याङ सञ्चार प्रालिमा हाल ८२ जना सेयर सदस्यहरु आवद्ध रहनु भएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


