गल्याङ स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकालाई ।
स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल)को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ ।

गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो । झण्डै १० वर्षअघि स्थानीयवासीबाट रु २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट रु ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा रु तीन करोड र भारतीय सरकारबाट रु पाँच करोड गरी करीब रु आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो ।

“ खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।”
पन्ध्र श्ययाको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी श्यया थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो । यो केन्द्रलाई गल्याङ सामुदायिक नगर अस्पतालका रुपमा विकास गरी यहीँमार्फत स्वास्थ्य बीमासहितको सबै प्रकारका उपचार सेवा सञ्चालन गरिने भएकाले उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने उहाँले जानकारी दिनुभयो । रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


