स्याङ्जाको पुतलीबजारमा डेंगु रोग सम्वन्धी सर्च एण्ड डिस्ट्रोय अभियान सुरु ।

भवानी अधिकारी /स्याङ्जा :
चार दिनअघि स्याङ्जाको पुतलीबजारमा डेंगु संक्रमित बिरामी फेला परेपछि नगरपालिकाले सचेतना सहित सर्च एण्ड डिस्ट्रोय अभियान सुरु गरेको छ । नगरपालिकाले सबै वडा अध्यक्ष, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्य स्वयंसेविका, संचारकर्मी र सरोकारवालालाई सचेतना कार्यक्रम गरेको हो ।

पुतलीबजार नगरपालिका २ चिरुवाका ३२ बर्षिया एक पुरुषमा डेंगु संक्रमण देखेपछि नगरपालिकाले अन्य ब्यक्ति संक्रमित नहुन भन्ने उदेश्यले लामखुट्टेका बासस्थानको खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरप्रमुख सीमा क्षेत्रीले जानकारी दिनुभयो । तालिमका लागि केही दिनदेखि पोखरामा बसेका ती पुरुषमा डेंगुको संक्रमण देखिएको हो ।’ उहाले भन्नुभयो रोग आयातित हो । वडातहदेखि सचेतना सहित पानी जम्ने ठाउँ सफा गर्नुपर्दछ ।’
सचेतना कार्यक्रममा स्वास्थ्य अधिकृत कमल पाण्डेले डेंगु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले १४ वटै बडामा पुगेर लामखुट्टेका बासस्थान पहिचान गरी नष्ट गर्नका लागि सबै टोल विकास संस्थाका पदाधिकारी लगायत वडाबासीलाई परिचालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले भदौ १२ र १३ गते सबै वडामा लामखुट्टे बस्ने स्थान पहिचानगरी सफा गर्ने भएको छ ।
एडिस ÷ एजिप्टाई जातिका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस ३ प्रकारका हुन्छन् । डेंगू अन्र्तगत क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका हुन । क्लासिक डेंगू सामान्य प्रकारको मानिएता पनि अन्य दुईमा भने बिशेष ध्यान पुरयाउनु पर्दछ ।
संक्रमित लामखुट्टेले टोकेको ३÷४ दिनमै लक्ष्यण देखापर्दछ । निरन्तर र उच्च ज्वरो आउनु, टाउको दुख्नु, नाक, आँखाबाट रगत बग्नु, खान मन नलाग्न, शरिर गल्नु लगायतका लक्ष्यण देख्नासाथ स्वास्थ्य संस्थाामा जानु पर्दछ । सफा पानीमा फुल पार्ने हुदा जुनसुकै ठाउमा पनि पानी जम्न दिन हुदैन । यस प्रजातिका लामखुट्टेले दिउसो टोक्छ ।
आब २०७२÷०७३ मा १ जना, ०७३÷०७४ मा ४ जना, ०७४÷०७५ मा १ जना र ०७५÷०७६ मा ३ जना स्याङ्जामा डेगुं संक्रमित भेटिएको स्वास्थ्य अधिकृत पाण्डेले जानकारी दिनुभयो । यसैगरी, कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जनस्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्मा, अहेव राजे कुवर लगायतले डैगु रोकथामका लागि सबैको सहयोग आवश्यक रहनेमा जोड दिदै नगरपालिकालाई डेगुं संक्रमणबाट जोगाउनुपर्दछ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…