पोखरामा डेंगुका बिरामी बढे
कास्की — पोखरामा डेंगुका बिरामी ३३ पुगेका छन् । पोखरा महानगरपालिका–८ मा १४, ९ मा ९, ५ मा एक, १७ मा दुई, ४ मा एक, १० मा एक र २५ नम्बर वडामा एक बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

उपचारका लागि आएका धरानका २, स्याङ्जा र तनहुँका १/१ जनामा पनि डेंगु भेटिएको छ ।
दैनिक ३ देखि ४ जना डेंगुका बिरामी भेटिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यमनाथ बरालले बताए । पोखराका फेवासिटी, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पश्चिमाञ्चल सामुदायिक अस्पताल र सिद्धार्थ पोलिक्लिनिकमा बिरामीको उपचार भइरहेको छ । ‘पोखरामा ९९ प्रतिशत लार्भा नष्ट नगरे अर्को ठूलो समस्या आउने सम्भावना भएकाले नष्ट अभियान थालिएको छ,’ उनले भने, ‘यसमा सबैको साथ चाहिन्छ ।’
८ नम्बर वडामा साउन १३ मा डेंगु देखिएदेखि जनस्वास्थ्य, जनप्रतिनिधि, टोलवासीलगायत घरघरमा गएर टायर र पुरानो ड्रममा भएका पानीका लार्भा नष्ट गर्ने अभियान चलाइएको वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।
पोखरा–८ कुँवर टोल विकास संस्था, भवानी आमा समूहले घरघर टायर निकाल्ने क्रममा ४ ठाउँमा लार्भा भेटिएको आमा समूहकी अध्यक्ष पार्वता पौडेलले बताइन् । उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाड बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने डेंगुका लक्षण रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काको भनाइ छ । कान्तीपुर दैनिकमा समाचार छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


