सहकारीको ब्याज : कर्जामा १६, बचतमा १० प्रतिशत कायम
काठमाडौं ः सहकारीको सन्दर्भ ब्याजदर १६ कायम भएको छ। सहकारी विभागका रजिस्ट्रार डा.टोकराज पाण्डेको अध्यक्षतामा गठन भएको समितिको शुक्रबार सम्पन्न बैठकले सहकारीको सन्दर्भ ब्याजदर टुंगो लगाएको हो।

अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्न नपाउने भएका छन्। नयाँ व्यवस्था अनुसार सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्। बचतमा १० प्रतिशतभन्दा घटीमा ब्याज दिन नपाउने व्यवस्था गरिएको छ।
सहकारी ऐनले बचत र ऋणको ब्याज अन्तर ६ प्रतिशत कायम गरेको छ। समितिले विभिन्न चरणमा छलफल, अन्तर्राष्ट्रिय अभ्यास, व्यावहारिकता र वित्तिय क्षेत्रमा प्रचलित ब्याजदरसमेत हेरेर सन्दर्भ ब्याजदर निर्धारण गरेको हो।
सहकारी अभियान्ताहरुले साढे १६ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गरिए सहकारी समस्यामा पर्ने अडान लिँदै आएका थिए। सहकारीको सन्दर्भ ब्याजदर तोक्न सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा ९ सदस्यीय समिति बनेको थियो।
समितिमा नियमक निकाय पाँच जना र सहकारी अभियानका चार जना गरी नौ जनाको समिति थियो। समितिले पटकपटक छलफल गरी व्याजदर टुंगो लगाएको हो।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


