कालीगण्डकी डाइभर्सन गराएरै छाड्छौं – नेकपा महासचिव विष्णु पौडेल ।
आँधीखोला खवर/वुटवल :
नेकपा महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन पुरा हुने बताउनु भएको छ । उहाँले यसका अवरोधहरुलाई हटाएर योजना सम्पन्न गर्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मनाउने जिम्मा मैले लिन्छु ।

पौडेल बुटवलमा आउँदा गर्ने आफ्ना हरेक भाषणमा कालिगण्डकी–तिनाउ डाइभर्सनलाई छुटाउनुहुन्न । मंगलबार पनि त्यसलाई निरन्तरता दिनुभयो । पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीयबासीलाई मनाउने जिम्मा आफूले लिने स्पष्ट पार्नु भयो ।
बुटवल कालिका क्याम्पस भवन शिलान्यासपछि पौडेलले भन्नुभयो, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’ उहाँले भन्नुभयोे, ‘उहाँहरुको चिन्ता तल्लो तटीय क्षेत्रहरुमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्पमा हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’
यो वर्षको अन्त्यसम्म कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआर तयार हुने भन्दै महासचिव पौडेलले ३० किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताउनु भयो
सत्तारुढ नेकपाका महासचिव पौडेलले पाल्पाको सिद्धबाबा क्षेत्रको १ दशमलव ३ किमी सडकमा सुरुङ मार्ग निर्माणको काम पनि चालु आर्थिक वर्ष भित्रै शुरु हुने बताउनु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


