कालीगण्डकी डाइभर्सन गराएरै छाड्छौं – नेकपा महासचिव विष्णु पौडेल ।

आँधीखोला खवर/वुटवल :
नेकपा महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन पुरा हुने बताउनु भएको छ । उहाँले यसका अवरोधहरुलाई हटाएर योजना सम्पन्न गर्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मनाउने जिम्मा मैले लिन्छु ।


पौडेल बुटवलमा आउँदा गर्ने आफ्ना हरेक भाषणमा कालिगण्डकी–तिनाउ डाइभर्सनलाई छुटाउनुहुन्न । मंगलबार पनि त्यसलाई निरन्तरता दिनुभयो । पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीयबासीलाई मनाउने जिम्मा आफूले लिने स्पष्ट पार्नु भयो ।
बुटवल कालिका क्याम्पस भवन शिलान्यासपछि पौडेलले भन्नुभयो, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’ उहाँले भन्नुभयोे, ‘उहाँहरुको चिन्ता तल्लो तटीय क्षेत्रहरुमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्पमा हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’
यो वर्षको अन्त्यसम्म कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआर तयार हुने भन्दै महासचिव पौडेलले ३० किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताउनु भयो
सत्तारुढ नेकपाका महासचिव पौडेलले पाल्पाको सिद्धबाबा क्षेत्रको १ दशमलव ३ किमी सडकमा सुरुङ मार्ग निर्माणको काम पनि चालु आर्थिक वर्ष भित्रै शुरु हुने बताउनु भएको छ ।

Facebook Comments Box
TOP