वालिङ हस्पिटलले मनायो पहिलो बार्षिकोत्सव ।

कला राना/वालिङ :
वालिङ हस्पिटल प्रालिले पहिलो बार्षिकोत्सव मनाएको छ । ९५ जना सेयर सदस्य रहेको हस्पिटलले स्याङ्जाकै केन्द्रविन्दु वालिङमा निजि क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने हेतूले हस्पिटल स्थापना गरिएको अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । १ वर्षको अवधिमा १० हजार भन्दा बढीले हस्पिटलबाट सेवा लिएको भएको अध्यक्ष पौडेलको भनाई छ ।
“वालिङ जिल्लाकै ठुलो व्यापारिक केन्द्र भनिएपनि उपचारका लागि यहाँका स्थानीय पोखरा र बुटवल नै जानुपर्ने बाध्यता अझै छ ।” अध्यक्ष पौडेलले भन्नुभयो, “आगामी १० वर्षमा यो बाध्यतालाई हटाउन हस्पिटल प्रयत्नशिल छ । शुरुको वर्ष व्यवस्थापनमै लागे पनि अव हामी गुणस्तरीय सेवामा प्रतिवद्ध छौँ ।” उपभोक्ताहरुको विश्वास जित्न हस्पिटल नाफा भन्दा सेवातर्फ अडिग रहेको अध्यक्ष पौडेलले बताउनुभयो । ५० रुपैँयामा एमडिजिपि सेवा उपलब्ध गराईएको भन्दै अध्यक्ष पौडेलले भन्नुभयो, “हामी कसरी हुन्छ सहज र सरल सेवामा लागिपरेका छौँ, विभिन्न हस्पिटल, बैंकहरुसंग सहकार्य गरेका छौँ ।”

सनराईज बैंकसंग सहकार्य गरेको हस्पिटलले बैंकमा सय रुपैँयाको खाता खोले बापत विभिन्न शिर्षकमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै नेपाल मेडिसिटि हस्पिटलसंग समन्वय गर्दै यहाँबाट रिफर गरिएका विरामीहरुलाई समेत त्यहाँ छुट व्यवस्था र ब्रिटिस वेलफेयरसंग भुपूहरुका सेवामा छुट गर्ने विषयमा छलफल जारी रहेको हस्पिटलले जनाएको छ । १५ सैयाको हस्पिटलमा २४औँ घण्टा सेवा दिएको हस्पिटलले जनाएको छ । २ करोड ३१ लाख सेयर पुँजी रहेको हस्पिटलले १ वर्षको अवधिमा १० लाख बचत गरेको छ भने १ करोड १६ लाखको कारोबार गरेको छ । कार्यक्रममा सेयर सदस्यहरुलाई कार्ड वितरण समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष एवं सल्लाहकार झम्मरबहादुर श्रेष्ठ, प्रेस युनियनका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, सनराईज बैंकका प्रमुख ध्रुव लम्साल, हस्पिटलका नर्सिङ प्रमुख सुस्मा गुरुङ्, फार्मेसी प्रमुख तुलीराम डुम्रेलगायतले बोल्नुभएको थियो । अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत हेमप्रसाद गैह्रे र सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


