गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् । पहिरोमा ज्यान गुमाउनेमा सत्यवती गाउँपालिका–३ कसिनथला निवासी ३१ वर्षीय तिलकुमारी तरामु र उनका ७ वर्षका छोरा दर्शन तरामु रहेका छन् । यस्तै,  लिम्घा भिरखानीकी वर्ष १२ की अञ्जली विक, वर्ष ९ का हेमान्सु विक, वर्ष २९ पम्फा विक, वर्ष ६० की छली विक, वर्ष १० की सिमानी विक र निर्मली विक रहेका छन् ।

पहिरोमा पुरिएर तारा विक र सुमन विक हराइरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको खोजी भैरहेको छ । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका २ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP